शहीद लखन गाउँपालिकामा अरिङ्गाल पालन, पर्छ मानाको २ हजार
गोरखा | साउन २, २०८०
गोरखा: गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का केही किसानले घरमै अरिङ्गाल पाल्न थालेका छन् ।
अरिङ्गालका लार्भा बेचेर दैनिकी गुजार्न सघाउ पुग्ने र आय आर्जनको वैकल्पिक स्रोत हुने भन्दै व्यवसायिक रुपमा अरिङ्गाल पालन गर्दै आएका हुन् ।
यद्यपी यो व्यवसाय गर्न चुनौती रहेको शहीद लखन– ६ घैरुङका विनोद थापामगरले बताए ।
उनले विगत १५ वर्षदेखि अरिङ्गाल पाल्ने र त्यसको लार्भा बेचेर आम्दानी गर्दै आएको सुनाए । ‘अरिङ्गाल पाल्ने भनेर मौरीजस्तै गरी पाल्ने त होइन, जङ्गलमा अरिङ्गालले बनाएको गोलालाई घर छेउमा लगेर राख्ने अनि हुर्केपछि बेच्ने हो ।’
उनका अनुसार शरीरलाई तागत दिन्छ भनेर अरिङ्गालको लार्भा तारेर खानेहरूको सँख्या बढ्दै गएको छ ।
उनले आँगन छेउका रुख र टौवामा डेढ महिनादेखि अरिङ्गालको ११ वटा गोला हुर्काइरहेका छन् ।
आउँदो असोजसम्ममा उक्त अरिङ्गालले व्यापार गर्न योग्य लार्भा तयार गर्छ । त्यसपछि विक्री गर्ने योजना रहेको थापामगरले बताए ।
उनका अनुसार अरिङ्गालको बच्चा अर्थात् लार्भालाई प्रतिमाना १५ सयदेखि २ हजार रुपैयाँसम्ममा विक्री हुन्छ । ‘एउटा गोलाबाट दुई पाथीसम्म लार्भा निस्किन्छ, मान्छेहरू खोज्दै घरमै आइपुग्छन्, कहाँ लगेर बेच्ने भन्ने समस्या छैन’, उनले भने ।
थापामगरले जंगलमा पाइने अरिङ्गालको गोलालाई घर छेउमा सार्न त्यति सहज नहुने बताए । यो खबर उज्यालो अनलाइनमा किरण लोहनीले लेखेका छन् ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

